मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको बङ्गलोरबाट घर फर्किएका एक युवको मृ’त्यु

भारतको बङ्गलोरबाट घर फर्किएका एक युवको मृ’त्यु


धनगढी। गत जेठ २९ गते कैलालीको त्रिनगर भन्सारनाका भएर भारतको बङ्गलोरबाट घर फर्किएका एक युवको मृ’त्यु भएको छ । दार्चुलाको मार्मा गाउँपालिका ३ लटिनाथका २१ बर्षिय युवकको बिहीबार बेलुकी मृ’त्यु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए ।

उनले युवक मान’सिक रुपमा अ’स्वस्थ रहेका कारण लटिनाथ मावि रस्कोटको क्वारेन्टिनमा एकदिन मात्रै राखेर परिवारको जिम्मामा घर पठाइएको बताए । मृ’तकको बिहीबार राती नै पीसीआर जाचका लागी नमुना संकलन गरिएको बताउदै ससहायक प्रमुख जिल्ला अधिकारी कुवरले जाचको लागी उक्त नमुना आजै धनगढी पठाइएको बताए । 

कोरोनाको रिपोर्ट आएपछि मात्रै श’वको सत’गत गरिने बताइएको छ । मंगलबार देखी स्वास्थ्यमा समस्या देखिएका मृ’तक युवकलाई ज्वरो र टाउको दुख्ने समस्या बढ्दै गएपछी बिहीवार उपचारका लागी लैजाने तयारी गर्दैगर्दा उनको मृ’त्यु भएको बताएको छ ।