शुक्रबार ६ जना संक्रमित थपिए
पूर्ण बहादुर खड्का, अछाम ।
अछाममा शुक्रबार ६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । एक महिला र ५ पुरुष गरी ६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देवराज जोशीले सुदूरआजलाई जानकारी दिएका छन् ।
संक्रमित थपिनेमा बान्नीगडी जयगढ गाँउपालिका, रामारोशन गाउँपालिका र मंगलेसन नगरपालिकाका ६ जना रहेका छन् । बान्नीगढी जयगढ गाँउपालिकाका ३५, २०, १८ बर्षिया पुरुष, रामारोशन गाँउपालिकाका २०, ३० बर्षिया पुरुष र मंगलसेन नगरपालिकाका ३१ वर्षकी महिलामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ कार्यालय अछामले जनाएको छ ।
बिहिबार मात्रै जिल्लामा ठुलो संख्या २९ जना संक्रमित देखिएका थिए । हालसम्म ५७ जनामा कोरोना पुष्टी भएको छ भने ७ जना निको भएका घर फर्किएका छन् । संक्रमीत सबैलाई सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा आईसोलेशन निमार्ण गरी राखिने बताईएको छ।
जिल्लाका अस्पतालमा आईश्वलेसन अभावका कारण सम्बन्धीत पालिकालाई क्वारेन्टाइनमै आईश्वलेसन कक्ष बनाई संक्रमितलाई राख्न पत्राचार गरिएको स्वास्थ कार्यालय अछामले जनाएको छ। अछाममा अधिकांश भारतबाटै आएर क्वारेण्टाईनमा बसेकाहरुमा संक्रमण देखिएको छ ।
जिल्ला हाल सम्म मेल्लेख गाँउपालिकामा ३४, चौरपाटी गाँउपालिकामा २, मंगलेसन नगरपालिकामा ३, साँफेबगर नगरपालिकामा ७, ढकारी गाँउपालिका, तुमार्खाद गाँउपालिका र कमलबजार नगरपालिकामा एकएक जना गरी ४ जना, बान्नीगढी जयगढ गाँउपालिकामा ३ जना, रामारोशन गाँउपालिकाका २ जना कोरोना संक्रमित रहेका छन् ।
जिल्ला बाहिर भने धनगढीमा मेल्लेख गाँउपालिकाका बाबुछोरी र चौरपाटी गाँउपालिकाका एक जना सुत्केरीको नेपालगञ्जका संक्रमण पुष्टी भएको थियो । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका बाहेक सबै पालिकामा कोरोनाले छोएको छ ।
प्रतिक्रिया