मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस नेत्री देउवाद्धारा बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

काँग्रेस नेत्री देउवाद्धारा बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग


धनगढी : नेपाली काँग्रेसकी नेत्री आरजु राणा देउवाले दार्चुलाका बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छन्। सुरक्षित मातृत्व सञ्जाल महासंघकी केन्द्रीय अध्यक्ष समेत रहेकी नेत्री देउवाले सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिकी सभापति नन्दा बम मार्फत स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन्।

देउवाले जिल्लाको मार्मा वर्थिङ सेन्टर, हिकिला, बर्थिङ सेन्टर, शैल्यशिखर बर्थिङ सेन्टर र दार्चृला जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको सुरक्षित माृतत्व सञ्जाल महासंघ दार्चुलाकी अध्यक्ष पनि रहेकी सभापति बमले बताईन्।

उनका अनुसार अस्पताल सहित बर्थिङ सेन्टरलाई देउवाले २५ लिटर सेनीटाईजर, ६२ वटा एन नाईन्टी फाईभ मास्क, २६ वटा पीपीई, ६ सय मेडिकल मास्क, तीन सय ८४ सेनेटरी प्याड, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको दिनेश खबरमा समाचार छ।