मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नि’य’न्त्रण बाहिर भयो ब्राजिलमा कोरोना सं’क्रमण

नि’य’न्त्रण बाहिर भयो ब्राजिलमा कोरोना सं’क्रमण


२४ घण्टामा ५५ हजार सं’क्रमित थपिए

काठमाडौं । कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको ब्राजिलमा यसको क्रम झन् बढ्दै गइरहेको छ । लकडाउनमा छुट् दिएसँगै संक्रमण फैलिने क्रम झन् बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ब्राजिलमा ५५ हजार हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा अमेरिकामा १२ सक्ष् भन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।  

ब्राजिलमा हालसम्म संक्रमितको संख्या ९ लाख ५५ हजार ३७७ पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा ४६ हजार ५१० संक्रमितको मृत्यु भइसकेको छ । 

ब्राजिल विश्वमा अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित र मृत्यु हुने देशको सूचीमा दोस्रो स्थानमा छ । ब्राजिलले अघिल्लो हप्ता कोरोना संक्रमित र मृत्यु हुनेको जानकारी दिन बन्द गर्दै स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकरिक वेभसाइटबाट संक्रमित र मृतकको विवरण हटाउँदै अब यसबारे जानकारी नदिने बताएको थियो । 

तर त्यहाँको सर्वोच्च अदालतले हटाएको विवरण तत्काल राख्न र दैनिक संक्रमित र मृतकको विवरण पारदर्शी बनाउन आदेश दिएपछि पुनः विवरण दिन सुरू गरेको थियो । 

विश्व स्वास्थ्य संगठनले पनि ब्राजिलले कोरोना सम्बन्धी जानकारी पारदर्शी रुपमा दिन नचाहेको भन्दै यसमा पारदर्शी हुन आग्रह गरेको थियो । – बारह्खरी