काठमाडौं- शिक्षासेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ। केही हप्तादेखि छातीमा संक्रण भएपछि उपचाररत् जोशीको शनिबार दिउँसो काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौं डिल्लीबजारकी जोशी नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन्।
जोशी युरोपमा उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।
२०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य रहेकी जोशी सामाजिक चेतना विस्तार र शिक्षाको विकासमा सधैँ सक्रिय थिइन्।
जोशीको आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा आजै अन्त्येष्टि गरिने भएको छ। – नेपाल समय
प्रतिक्रिया