मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाको हिल्सा नाकामा पहिलो पटक सुरक्षा पोष्ट

हुम्लाको हिल्सा नाकामा पहिलो पटक सुरक्षा पोष्ट


हुम्ला – नेपाल र चीनको सिमाना हुम्लाको हिल्सा नाकामा सिमा सुरक्षा पोष्ट (बीओपी) राखिएको छ । पहिलो पटक शनिबार औपचारिक कार्यक्रम गरेर बीओपी राखिएको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रजाभक्त श्रेष्ठले बीओपीको औपचारिक उद्घाटन गरेका हुन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीका अनुसार हिल्सामा सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक मोहन बिष्टको नेतृत्वमा २५ जनाको सुरक्षाकर्मी खटिएको छ ।

यसअघि हिल्सामा सिमा सुरक्षा पोष्टका रुपमा नेपाल प्रहरीको टोलीले सिमामा सुरक्षा दिँदै आएको थियो । माघदेखि जिल्ला फर्किएको यारी भन्सार र अध्यागमनको टोली पनि हिल्सा फर्केको छैन ।

हुम्लाकै नेपाल चीनका सिमा नाकाहरु नाम्खा गाउँपालिकाको लाप्चा, सिमकोट गाउँपालिकाको चुवाँखोला र चंखेली गाउँपालिकाको टाँकेमा भने सिमा सुरक्षा चौकी स्थापना भएका छैनन् । – नेपाल समय