मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो बन्ने छ नेकपा अछामको अत्याधुनिक कार्यालय भवन

यस्तो बन्ने छ नेकपा अछामको अत्याधुनिक कार्यालय भवन


अछाम ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछामले नया अत्याधुनिक कार्यालय भवन बनाउन लागेको छ। जिल्लाको सदरमुकाम रहेको मंगलसेन क्षेत्रको बसपार्क नजिक अत्याधुनिक भवन बन्न लागेको नेकपा अछामले जनाएको छ।

बृहत् सभाहल सहित साढे २ तल्ला रहने भवनको कुल लागत ४ करोड ५० लाख रहेको छ। यो वर्ष शहरी विकास तथा भवन निर्माण कार्यालयको ४८ लाख र उपभोक्ता समितिको ९ लाख ६० हजार गरि जम्मा ५७ लाख ६० हजार बजेटमा भवन बन्न लागेको हो।

बन्न लागेको नया पार्टी कार्यालय भवनको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।नेकपा अछामका कार्यदल सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले भवनको शिलान्यास गरेका छन्।

पार्टी कार्यालय भवन बहुवर्षिय कार्यक्रम अन्तरगत निर्माण हुने शहरी विकास तथा भवन कार्यालयका सव इञ्जिनियर लोकेन्द्र भट्टले जानकारी दिए।

यसअघि पार्टी एकीकरण हुन पहिले नेकपा एमालेको आफ्नै मदन स्मिर्ति भवन र नेकपा माओबादीको अलग कार्यालय थियो।