डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका पाँच हजार बढि थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ।
विभिन्न जिल्लाबाट संकलन गरीएको ५ हजार ४ सय १२ जनाको थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा नमुना परीक्षण गरीनेछ।
विभिन्न क्वारेन्टिनमा बसेका तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको नमुना पठाइएको निर्देशक अवस्थीले बताए।
सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा चाप बढी भएपछि यसअघि दुई हजार ६६ जनाको नमुना पठाइएको थियो। – दिनेश खबर
प्रतिक्रिया