मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपरथी हमाल भए रथीमा बढुवा

उपरथी हमाल भए रथीमा बढुवा


काठमाडौँ – सरकारले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई रथीमा बढुवा गरेको छ। हमाललाई शुक्रवार बसेको मन्त्रिपरिषदको वैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो।

उनलाई बलाध्यक्षरथीको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषदको बैठकले हाल बलाध्यक्षरथी रहेका प्रभुराम शर्मालाई बलाधिकृतरथीमा सरुवा गरेको छ।

सेनामा दुई रथीमध्ये बलाधिकृतरथी शक्तिशाली मानिन्छ। शर्मा थापापछिको प्रधानसेनापति बन्ने लाईनमा छन्।

हमाल हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भएर पनि नेपालमै छन्। लकडाउनका कारण उक्त जिम्मेवारी सम्हाल्न पाएका छैनन्।

उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन्।

रथीमा बढुवा भएका हमाललाई सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयमा दज्र्यानी चिन्ह लगाउने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ।