मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या २३ पुग्‍यो

कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या २३ पुग्‍यो


काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका -५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो ।

उनी प्यारालाइसिसको उपचार गराउन भारत गइ जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका थिए ।  उनको असार ५ गते नि’धन भएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । 

असार ६ गते सार्वजनिक गरिएको रिपोर्टका अनुसार उनलाई कोरोना सं’क्रमण भएको पाइएको थियो । सोही दिन श’व व्यवस्थापन नेपाली सेनाले गरेको बताइएको छ । 

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २३ पुगेको छ । जसमध्ये चार महिला रहेका छन् भने १९ जना पुरुष रहेका छन् ।