कालिकोट। कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका ३, गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । –रासस, फाइल तस्बिर ।
प्रतिक्रिया