मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा ५३५ जना संक्रमित थपिए, कुल संक्रमित ९,५६१

नेपालमा ५३५ जना संक्रमित थपिए, कुल संक्रमित ९,५६१


काठमाडौं- सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७४ जना महिला र ४६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म जम्मा नेपालमा ८९४ महिला र ८ हजार ६६८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट संक्रमणमुक्त भएर आज ३२ जना महिला र ३३८ जना पुरुष डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६१ महिला र १ हजार ९६१ पुरुष गरी जम्मा २ हजार १४२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा रहेका आइसोलेसनमा ७ हजार ७८९ जना संक्रमित रहेका छन्।