मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवा बाहेक अन्य जिल्लामा पुग्यो कोरोना, आज कहाँ कति देखिए ?

रसुवा बाहेक अन्य जिल्लामा पुग्यो कोरोना, आज कहाँ कति देखिए ?


काठमाडौं- नेपालमा रसुवा बाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमितहरु भेटिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ५३५ जना संक्रमितहरु थपिएका छन्।

आज संक्रमण देखिएकामध्ये सबैभन्दा धेरै पाल्पामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कैलालीका ५८ जना, गुल्मीका ५६ जना तथा सर्लाहीका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै रौतहटका ३४ जना, स्याङ्जाका ३३ जना, प्युठानका ३० जना, नवलपरासी पूर्वका २४ जना र सिरहाका २३ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा र सप्तरीका १५/१५ जना, बैतडीका १४ जना, दाङका १३ जना, रुपन्देही र मोरङका १२/१२ जना, तनहुँका ११ जना, पाल्पा र धनुषाका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अर्घाखाँचीका ९ जना, डोटीका ७ जना, चितवन र नवलपरासीका ५/५ जना, झापाका ३ जना, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, जाजरकोट र ओखलढुंगामा १/१ जनामा आज कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। – नेपाल समय