मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा अछामको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण

कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा अछामको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण


अछाम । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बमबहादुर बिसीले अछाम जिल्लाका ४ वटा स्थानीय तहका लागि स्वास्थ्य सामग्री पठाएका छन् । नेता बिसीले कोपिला भ्याली सेवा समाज सुर्खेतसँग आवश्यक समन्वय गरी पञ्चवेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका लागि स्वास्थ्य सामाग्री पठाएका हुन् ।

पालकिाका विभिन्न क्वारेण्टाईनमा बसेका नागरिकलाई वितरण गर्ने स्वास्थ्य सामग्री पठाएको नेता बिसीले बताए । जसमा पञ्चदेवल विनायक नगरपालिकाको लागि एन नाईन्टी फाईभ मास्क ४५६ थान, सेनिटाइजर ४५६ थान र १६ था पिपिई सेट, तुर्माखाँद गाँउपालिकाको लागि ८ थान एन नाईन्टी फाईभ मास्क, ५०० थान सर्जिकल मास्क, १ थान पिपिई सेट र ४५ थान सेनिटाईजर पठाएका हुन् ।

यस्तै ढकारी गाउँपालिकाको लागि ८ थान एन नाईन्टी फाईभ मास्क, ५०० थान सर्जिकल मास्क, १ थान पिपिइ सेट र सेनिटाइजर ३५ थान, कलबजार नगरपालिकाको लागि ८ थान एन नाईन्टी फाईभ मास्क, ५०० थान सर्जिकल मास्क, पिपिइ सेट १ थान र सेनिटाइजर ३५ थान रहेको छ । नेता बिसीले इलाका प्रहरी कार्यालय विनायका लागि समेत एन नाईन्टी फाईभ मास्क १० थान, एक थान पिपिइ सेटर ५ लिटर सेनिटाइजर पठाएका छन् ।

कर्णाली प्रदेशमा कोरोना रोकथामका लागि सहयोग गरिरहेको कोपिला भ्याली सेवा समाज सुर्खेतसँग नेता बमबहादुर बिसीले अनुरोध गरेपछि कार्य क्षेत्रभन्दा वाहिरका स्थानीय तहहरुमा सामग्री उपलव्ध गराइएको समाज सुर्खेतका समन्वय प्रमुख मीनबहादुर शाहीले बताए ।

भारतबाट धेरै मानिसहरु घर फर्किने क्रममा कोरोना पनि सँगै भित्रिने आशंकामा अछामका सबै स्थानीय तहहरुले स्थानीय विद्यालयक क्वारिन्टिनमा राखिएका मानिसहरुलाई स्वास्थ्य सामग्रीहरुको अभावलाई कम गर्न आफुले पहलसगैँ सहयोग गरेको नेता बिसीको भनाई छ ।

पहिलो चरणमा पञ्चदेवल नगर पालिकालाई र दोश्रो चरणमा तुर्माखाँद गाउँपालिकालाई सामान उपलव्ध गराएईको भन्दै नेता बिसीले कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाका लागि सामग्री आउन केहि समय लाग्ने बताए ।

कोपिला भ्याली सेवा समाज सुर्खेतको कार्यक्षेत्र सुदुरपश्चिममा पनि विस्तार आग्रह गरिएको र स्वीकृत भएपछि अछामका सबै स्थानीय तह तथा सुदुरपश्चिम प्रदेश भरीका क्वारिन्टिनमा बस्ने मानिसहरुका लागि यस प्रकारको सहयोगका लागि आग्रह गरिने नेता बिसीले जानकारी दिए।