मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको संख्या ८८ लाख ६० हजार

विश्वमा कोरोना संक्रमितको संख्या ८८ लाख ६० हजार


काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ८८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८८ लाख ६० हजार ३३१  पुगेको छ ।  

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् । 

कोरोनाका कारण हालसम्म ४ लाख ६५ हजार ७४० संक्रमितको मृत्यु भइसकेको छ ।  

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।