मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अमेरिकन आइडल २०१९’ विजेता हार्डीलाई कोरोना सं’क्रमण

‘अमेरिकन आइडल २०१९’ विजेता हार्डीलाई कोरोना सं’क्रमण


एजेन्सी । गत वर्षका अमेरिकन आइडल विजेता लेन हार्डीमा कोरोना संक्रमण देखिएको छ ।सामान्य लक्षणमात्रै देखिएका कारण उनी होम–क्वारेन्टिनमै बसिरहेको बताइएको छ । 

गायक स्वयंले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत् आफूमा कोरोना देखिएको पुष्टि गरेका हुन् । उनले लेखेका छन्, “ग्रीष्मको पहिलो दिन मैले यो कुराको अपेक्षा गरेको थिइन ।” १९ वर्षीय गायक अगाडि लेख्छन्, “मेरो डाक्टरले मेरो शरीरमा कोरोनाभाइरस रहेको पुष्टि गरेका हुन्, तर लक्षणहरु सामान्यमात्रै देखिएका छन् ।

तपाईंहरू पनि सुरक्षित र स्वास्थ रहनुहोस् ।” उनले यही शुक्रबारमात्रै लिभिङस्टोन पेरिस सेरिफ जेसन अर्डको तेस्रो कार्यालयको सपथ ग्रहण समारोहमा राष्ट्रिय गीत गाएका थिए ।

यसअघि उनले भर्चुअल सांगीतिक यात्रामा पनि प्रस्तुति दिइसकेका छन्, जुन २ मिलियन दर्शकले अवलोकन गरेका थिए । भने यही बिहीबार उनको अर्को भर्चुअल प्रस्तुति रहेको छ । 

भने उनका नयाँ गीतहरू ‘ग्राउन्ड आई ग्रिउ अप अन’ र ‘लेट डेयर बि कन्ट्री’ को नयाँ संस्करण यही शुक्रबार रिलिज हुँदैछ । – (इन्डियन एक्सप्रेस)