मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप एक कोरोना संक्रमित पुरुषको मृ’त्यु

थप एक कोरोना संक्रमित पुरुषको मृ’त्यु


सुर्खेत- सुर्खेतमा एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ। प्रदेश अस्पतालको आइसीयूमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृ’त्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

उनी लामो समयदेखि क्षय रोगबाट ग्रसित थिए। उनको अवस्था गम्भीर भएकाले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृ’त्यु भएको डा. पौडेलले बताए।

असार ४ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णालीमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।