धनगढी । प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले वुधवार भएको प्रदेश सभा बैठकमा विरोध जनाएका थिए ।
उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ।
प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम खर्च गरेपनि संक्रमण रोक्न नसकेको र परिक्षणको दायरा वढन नसकेको भन्दै उनीहरुले अवरोध गरेका हुन्।
प्रतिक्रिया