मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरीलाई कम र छोरालाई बढी अधिकार स्वीकार्य हुदैन : देउवा

छोरीलाई कम र छोरालाई बढी अधिकार स्वीकार्य हुदैन : देउवा


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नागरिकता विधेयकले महिला र पुरुषबीच विभेदको रेखा कोर्न खोजेको बताएका छन्।

बुधबार अपरान्ह ट्विट गर्दै देउवाले त्यस्तो विभेद नगर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेका छन्। संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको उल्लेख गर्दै देउवाले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समाजलाई स्वीकार्य नभएको बताएका छन्।

‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ। हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि,’ उनले भनेका छन्, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन।’

महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगका आधारमा विभेद नहुने वातावरण बनाउन सभापति देउवाले माग गरेका छन्।

‘महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा र मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु,’ उनले भनेका छन्। – नेपाल समय