पोखरा – गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्र’मित बिरामीको मृ’त्यु भएको छ। योसँगै गण्डकीमा कोरोनाबाट ज्या’न गुमा’उनेको संख्या २ पुगेको छ भने नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २५ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृ’त्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
मृत’क स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूष रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।
उनका अनुसार असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार हुँदै आएको थियो।
ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया