मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो


‘आज थपिए ४३४ संक्रमित’

काठमाडौं- देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। बिहीबार देशका विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामा ४८ जना महिला र ३८६ जना पुरुष छन्। आज विभिन्न अस्पतालबाट कोरोनामुक्त भएर १९ महिला र २९३ पुरुष गरी ३१२ जना डिस्चार्ज भएका छन्।

योसहित अहिलेसम्म देशभर २१६ महिला तथा २ हजार ४३४ पुरुष गरी २ हजार ६५० जना डिस्चार्ज भएका छन्। हालसम्म भएका संक्रमितमध्ये महिला १ हजार १४२ र पुरुष १० हजार २० जना रहेका छन्।

मन्त्रालयका अनुसार रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना संक्रमित फेला परिसकेका छन्।बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार आज देशभरका विभिन्न आइसोलेसनमा ८ हजार ४८६ जना रहेका छन् भने क्वारेन्टिनमा बसिरहेकाको संख्या ७४ हजार २२ छ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा काेराेना भाइरस संक्रमणबाट नेपालमा २६ जनाकाे मृत्यु भएकाे छ। नेपालमा काेराेनाबाट मृत्यु भएका अधिका‌ंश व्यक्तिमा अन्य प्रकारका राेगहरु पनि रहेकाे पाइएकाे छ। – नेपाल समय