मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा ३ सय १२ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ३ सय १२ जना कोरोना मुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको हुनेमा १९ जना महिला र २९३ जना पुरुष रहेका छन् ।

उनका अनुसार हालसम्म कोरोना निको हुनेको संख्या २ हजार ६५० पुगेको छ । जसमा २१६ जना महिला र २ हजार ४३४ जना पुरूष छन् । 

कुन कुन आइसोलेनबाट कति जना  डिस्चार्ज भए ?

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३१२ जना घर फर्किएका छन् । जसमा जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ पुरुष गरी ७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी, गौरिशंखर अस्पताल रौतहटबाट ३ महिला र ७७ पुरुष, अल्पाइन अस्पताल सर्लाहीबाट ६९ पुरुष, सशस्त्र प्रहरीको कोभिड अस्पताल बलम्बुबाट १ पुरुष, त्रिवि शिक्षण अस्पतालबाट २ पुरुष, आइसोलेन सेन्टर खजुरा बाँकेबाट २ महिला र ४ पुरुष, बर्दियाबाट २ महिला कोरोना निको भएर घर फर्किएका छन् ।

आइसोलेन सेन्टर वनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेन सेन्टर राप्ती सोनारी बाँकेबाट १ महिला र १० पुरुष, आइसोलेन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लाइन्स डेन्टल आइसोलेन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ महिला र २० पुरुष, प्रादेशिक अस्पताल जनकपुरबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेन सेन्टर सप्तरीबाट ३ महिला र १३ पुरुष, सपही आइसोलेन सेन्टर धनुषाबाट ३ महिला र ४२ पुरुष, सिरहाबाट १ पुरुष रहेकाे प्रवक्ता गौतमले जानकारी दिए ।