मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अख्तियार विधेयक प्रति राप्रपाको आपत्ति

अख्तियार विधेयक प्रति राप्रपाको आपत्ति


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अख्तियार विधेयकमा आपत्ति जनाएको छ। अख्तियारले निजी क्षेत्रमाथि कारवाही गर्न पाउने प्राबधानसहित प्रस्ताव गरिएको विधेयकमा राप्रपाले आपत्ति जनाएको हो।

कोरोना भाइरसको महामारीका कारण देशमा ठूलो संख्यामा बेरोजगारीको अवस्था सिर्जना भएको र देश ठूलो आर्थिक संकट तर्फ धकेलिएको अवस्थामा निजी क्षेत्रलाई निरुत्साहित गर्नेगरी सरकारले विधेयक तर्जुमा गरेको भन्दै राप्रपाले विज्ञप्तिमार्फत् आपत्ति प्रकट गरेको हो।

अध्यक्षत्रय पशुपति शमसेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा देशको अर्थव्यवस्थामाथि आएको संकटको घडीमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत भएको तर्क गरिएको छ।

साथै विज्ञप्तिमा किसानहरुलाई समयमै मलको व्यवस्था गर्नसमेत माग गरिएको छ। – नेपाल समय