- दिर्घ प्रसाद भट्टराई
आफ्नो नाम र काम त दिन नमिल्ने नै हो तरपनि वर्ष २०७६ र महिना चैत्र मानव गतिशिलता र रोकावटको वर्ष र महिना उपमा रह्यो l सन् २०१९ को अन्तिम तिर चिनको वुहान राज्यमा देखा परेको विश्वव्यापी भयानक डर र त्रासको भाईरस कोरोना भाईरस अथवा कोभिड- १९ ले संसारलाई चुनौती र बाधाहरुको भुमरीमा गासेको छl दिन प्रतिदिन नयाँ नयाँ मुलुक र संक्रमितहरु थपिदै जादा नेपाल पनि यसबाट अछुत हुन सकेन र करिब दिनको ४०० भन्दा बढीले संक्रमित थपिदै जादा सबै क्षेत्रमा आपत र विपतको दयनीय अवस्था देखिदै गएको छ l नेपालको आर्थिक, भौतिक, सामाजिक, सास्कृतिक, मानवीय र पर्यटकीय क्षेत्रमा बढाएको दबाब र न्युन स्तरिकिकरणले सबैलाई गास, बास र कपासको भुमरीमा दिनानुदिन चिन्तित र दुखित बनाएको छ कुरा सबैमा बितितै छ l प्रशासन देखि विभिन्न अयोधाका सेवामुखी कार्यालय र नाफाका हितमा अघि बढिरहने सबैलाई चपेटामा बाधेको छ l
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले फाल्गुन २५ गते जारि गरेको आदेश र न्युनिकरणका उपायहरु निर्देशित घोषणा अनुसार चैत्र ५ गते भित्र कक्षा १ देखि ९ सम्म को परिक्षा लगीसक्नु पर्ने र चैत्र ६ गते बाट एस. ई. ई. को परिक्षा संचालन गर्ने निर्णय गरेकोमा अचानक अनिशित स्थगित भै जेठ २८ गतेबाट एउटा निर्णयमा पुगेको छ l यो संगै गत चैत्र १० गते बाट पुरै नेपाललाई बन्दाबन्दि गर्ने निर्णय गरि देशका सबै सार्बजनिक निकायहरु पनि बन्द भएसंगै देश आफैमा बंदिकरण भयो l विभिन्न विधा र क्षेत्रमा काम गर्ने वा सेवा दिने मानव स्रोत र सक्त्ति एकाएक बन्द घर वा कोठामा अल्झिन पुगे l जसले गर्दा देशको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्र प्रत्यक्ष रुपमा असोचनीय तवरले संघर्षरतमा तल आयो l देशको चौतर्फी बिकास र निकासमा छाया लाग्यो l गरिव, परिश्रमि, मजदुरहरुमा ठुलो मानवीय असोचनीय चिन्ता जायो भने दुई छाक खानको लागि कामको सपना देख्नु पर्ने वाध्यता बन्यो l
बसन्त ऋतुको छहारीमा रमाउने हजारौ सपनाहरु बन्द कोठाको सपनीमा पासवर्ड लगाएर बन्द भए l चैत्र महिना आफैमा एक हरियाली र बसन्त शितलताको महिना हो l बैशाग, जेठ र असार महिना कृषिको उद्पादकत्व बढाउनका लागि खेतबारीमा अल्झिने घमाईला दिनहरुका अनुपम रस्ती र बस्तीका संगम हुन l तर यी महिनाहरू मरुभूमिको खडेरी र कोरोनाको चपेटा मा परे l चैत्रमा अन्तिम परिक्षा लगेर विद्यालयको गुणस्तरीय शिक्षाका लागि नयाँ नयाँ योजना, रणनीति, नीति, लक्ष्य, उदेश्य बनाउने र बैशागको आरम्भमा नया शैक्षिक वर्ष शुरु गरि जोश र जागरमा नयाँ ज्ञानको थालनी गरि लाखौ विध्यार्थिलाई उज्यालो ज्योति छर्ने सस्कृतिमा जागेका शिक्षकहरु अहिले आ-आफ्नो घर वा बसाई स्थानमा ति लाखौ देशका खम्बाको भविष्य सोच्दै रहेको कुरा बितितै छ l
अर्कोतर्फ अहिले को यो बिश्वब्यापी कोरोना Pandemic मा त्यी शिक्षकहरुका लागि Corono is Boon or Curse को सिदान्त वा बादविबादको शैलीमा अघाडी बढेको छ l देशमा स्थापित विभिन्न संघसस्था, संगठनहरुले आफ्नो आफ्नो निकायका शिक्षकहरुलाई Virtual Mode बाट तालिम र सिकाईका बाटाहरु निर्धारण गरेका छन l यसैले गर्दा अहिले देशका विभिन्न कुनामा कार्यरत शिक्षकहरु बिहान देखि बेलुका सम्म व्यस्थ रहेका छन् l प्रविधिको प्रयोगमा सिकाई र शिक्षालाई आकर्षण, सफलतामुलक, दिगो, गुणस्तरीय, भरपर्दो बनाउनका लागि आतुर र आकांक्षारुपी बनिरहेका छन lजस्तै अंग्रेजीको बिषयलागि प्रख्यात संगठन Nepal English Language Teachers’ Association (NELTA), सामाजिक बिषयका लागि SoSoN, प्रविधि मैत्री शिक्षक समाज, नेपाल, आदि l यसैगरी गणित, बिज्ञान र नेपालि विषयको लागि पनि विभिन्न संघसस्था र संगठनहरुले शिक्षकहरुलाई सहजिकरण गरिरहेका छन l
नेपालका सार्बजनिक प्रशासनहरुपनि आ- आफ्नो कार्यालयमा भौतिक रुपमा नभई दुर तथा खुल्ला तरिकाले काम गरि आर्थिक वर्ष २०७७/०७८ को बजेटका लागी सरसल्लाह, योजना बनाई अघाडी बढिरहेका छन l अबको यो आर्थिक वर्ष सिधिनै लाग्दा केहि गतिला, सुनौला, समृदिमय नितिनियम र बजेट उपयोग योजना कर्ण ब्यस्त भएका छन् l यो संगै सरकारी निकायका केहि कार्यालयहरु कोरोनाको चपेटामा पनि खुल्ला रहेर स्वच्छ मन र आत्माले काम गरिरहेका पनि छ र थिए जसले असल लोतान्त्रिक बिधि र पद्दतिको सभ्यता र विशेषताको संकेत जाहेर गरे र असल देशको असल शासन, ब्यबस्थापकको को सान्दर्भिकता पनि औचित्यलाइ प्रष्टपार्ने काम गरे र केहिले प्रविधिको सहायतामा घर वा कोठामा नै काम वा सेवालाई अघाडी बढाएको पाईन्छ l यो समयमा सेवालाई निरन्तरता दिनुहुने सम्पूर्ण कार्यालय र कर्मचारिको काम स्वागतयोग्य र भावपूर्ण रहेको छ lजसमा सेवाग्राही नागरिकपनि खुसि र सन्तुष्टि भएका छन् l
बिहान देखि बेलुका सम्म विभिन्न कामका लागि दौडधुप गर्ने हामि मानवले कसरि दिनचर्या गरिरहेका छौ एउटा समालोचनात्मक प्रश्न हुन सक्छ? आफ्नो काम र सेवालाई मात्र प्राथमिकरण गरि घरपरिवारलाई कुनै चासोको रुपमा नलिनेहरु आजभोली घरका सदस्य र र अविभावकसंग हातेमालो गर्दै, रमाईलो गर्दै दिनहरु व्यतित गर्दै छन l यी तिन महिनाले सिकाएका केहि मानवरुपी गुणहरु जस्तै माया, सद्भाव, करुणा, मित्रताको संगालोहरुले मानवलाई केहि सभ्यता र संस्कारको दुई उपमामा जोडेको छ l बिदेशमा कार्यरत व्यक्तित्वलाई जन्मभूमि नै अन्तिम प्यारो स्वर्ग बनायो l जन्मभूमिको माटो र खाना नै अमृतको अनुपम ठम्यायो l शत्रु र घिणीत ले मानवको वास्तविक अस्तित्व, मित्रता र अपनत्वमा भावना जगायो l सधै सम्पतिमा रमाउने र स्व स्वाभिमानी, स्व विवेकी ठान्नेलाई हातेमालो गर्न समय दिलायो lयो संगै कोरोनाले एक सभ्य, लोकतान्त्रिक, आदर्श, कल्याणकारी समाजको र समुदायको परिकल्पना भावी दिनहरुका लागि चेतनशिलताको कोशेढुंगामा फैलाएको पनि भन्न सकिन्छ l सबै एक हौ, सबै सचेतशिल बनौ, म होईन हामि रहौ, सबैको भलो चिताउ: सबै सजग र एकमय रही WHO र नेपाल सरकाले दिएका कोभिड-१९ बाट बच्ने निर्देशित उपाय अपनाऔ, isolation मा ध्यान पुर्याऔ, सामाजिक दुरी कायम गरि आफ्नो जीवनलाई अमुल्य बाट फेरी अमुल्यको जिविकोपनामा दोहोर्याउ भन्ने कुरामा सबैलाई पक्षपातरहित एकत्रित बनाएको छ l
यो कोरोनाको कलह यसरि रौनकतामा बदलियो कि मानौ हाम्रो गाउघरमा वर्षको एक पटक आउने हर्सोउल्लासमय दशैँ र तिहार आएको छ l शान्ति मुहारबाट शुरुवात हुन्छ भनेझैँ युवाहरुको लाईन गाउघरको उकाली ओराली भन्ज्याको चौतारीमा देखिन्थ्यो l तर जे होस अहिले स्वदेस तथा विदेशबाट आउनुभएका दाजुभाई, दिदिबहिनीहरु हरियाली वाताबरणमा रमाइरहेका छन् l आफ्नो शिष्टाचार आदानप्रदान गरिरहेका छन् l बर्षौ प्रवासमा आफ्नो पसिना बगाएका, आफ्नो घर भन्दा प्रदेश ठुलो मान्नेहरु आज पुरानो गाउमा फर्किएका छन् l देशका विभिन्न शहरमा बसेर अध्ययन गर्ने , जागिर गर्ने, सेवा गर्नेहरुपनि गाउघरको हावापानी र खेतवारीमा रमाई रहेका छन् l यो बेला शहरभन्दा गाउ रोचक र रौनकमय बनेको छ l मानौकी कोरोनाको कलहले गाउलाई भिडभाडमा बदलि दिएको छ l
कुनै ब्यक्तिले जब आफु भित्र केही प्रतिक्रिया थाहा पाँउछ, महसूस गर्छ र भाव ब्यक्त गर्छ त्यही भाव नै वेदना हो। ब्यक्तिको भावहरू उसको अनुहार, ब्यबहार र स्वभावले ब्यक्त हुन्छन । बेदना मानव शरीर भित्रको रसायनिक प्रतिक्रिया हो जसले भावनात्मक स्थिति, र अवस्थाको महशुस जगाउदछ l अहिलेको समयमा पनि मानवहरु आध्यात्मिक, सम्बेगात्मक, भौतिक, मानसिक बेदनामा बाधिएका छन l वेदना कर्मको कि भाग्यको भन्ने विवादित पक्ष पनि एका तिर उर्लिदै छ l मानव अधिकारकर्मिका लागी मानवलाई सेवा र ब्यबस्थित बसिबासको ब्यबस्थापनमा बेदना छ l कृषिमा जाग्नेहरुलाई कसरि उत्पादकत्व बढाउने भन्ने भौतिक र मानसिक दुवै पिडा र बेदना रहेको छ l केहि गन्यमात्राका स्थानीय सरकारलाई आफ्ना जनताको सेवा, भावना, सहयोग कसरी गर्ने भन्ने भावनात्मक र कर्तब्यनिष्ट बेदना बढिरहेको छ l केहि नेपाल सरकारका सरकारी सेवाकर्मीलाई सेवा दिने तौर तरिकाको खोजीमा बढी बेदना बढिरहेको छ l देशको सबैभन्दा माथिल्लो स्तरका र सबैका आखामा शिक्षाको ज्योति फैलाउने, देशका महान व्यक्तित्व जन्माउने, सधै समानता, समता, समाबेशिता, सहअस्तित्व, सदाचारिता, सद्भाव, सहयोग गर्ने शिक्षक गुरुबर्गहरुमा आफ्ना त्यी भविष्यका देशका खम्बा र मेरुदण्डहरुलाई कसरि शिक्षाको माध्याममा ल्याउने भन्ने बेदना झन बढिरहेको छ l यसरि रौनकता र बेदानाको मिक्ष्रित रुपमा आएको कोरोना भाईरस अथवा कोभिड- १९ ले बरदान र आतंक दुवै उब्जाएको छ l
मानव एक सामाजिक चेतनशिल प्राणि भएकाले कुनै खुसियाली होस वा कुनै कष्ट, दु:खमा हातेमालो गर्नु पर्छ l बाटाहरु थाहा पाउनुपर्छ, बाटाहरु देखाउनु पर्छ, र देखाएका वा भोगेका बाटाहरुमा जानुपर्छ (knows the ways, shows the ways and goes the ways) को सिदान्त अपनाउन अत्यन्तै जरुरि देखिन्छ l सम्बन्धित निकाय, सरोकारवाला र जनताका जनप्रतिनिधिहरुले यो समयमा आफ्नै दुख पिडा सम्झेर एक कुशल र इमान्दार नेतित्व र व्यक्तित्वको संज्ञा दिनु नै अहिलेको समय, अबस्था र राज्यको गहन माग र आवश्यकता पनि हो l विषमकालमा गुज्रिरहदा सबैको माया, मोह, सद्भाव पाउनु नै एक उच्च मानवियताको रुप हो l हामीले सधै परोपकारी, स्वावलम्वी, स्वतन्त्रताको सिदान्त र बिचारधारा अबलम्बन गर्नु पर्दछ l
लेखक: दिर्घ प्रसाद भट्टराई अछाम जिल्ला मेल्लेख गाउपालिका वडा न. ६ मा बसोबास भै उच्च शिक्षाको सिलासिलामा संघिय राजधानी काठमान्डाैमा बस्दै आउनुभएको छ l उहाले अंग्रेजी भाषा र साहित्यमा मास्टर सिध्याएर विभिन्न विद्यालय र क्याम्पसमा अध्यापन गराउनुहुदै आउनु भएको छ l
प्रतिक्रिया