काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
पार्टीभन्दा पनि अहिले सरकारको काममा बढी ध्यान दिनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली अनुपस्थित रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बाह्रखरीलाई जानकारी दिए ।
उसो त वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै मन्तव्य राखिसकेका छन् ।
आजदेखि बाँकी सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयलाई बैठकमा एजेन्डाका रुपमा राखिएको छ ।
पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ । नेकपा स्थायी कमिटीमा आमन्त्रितसहित ५१ सदस्य छन् ।
प्रतिक्रिया