सुर्खेत- कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा शुक्रबार थप २६ जनामा संक्रमण पुष्टि गरेको हो।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये सुर्खेतका १३ जना, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई, मुगु, काठमाण्डौँका र जुम्लाका एक–एक जना छन्।
मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेशमा कुल संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ। यस्तै आज प्रदेशका विभिन्न जिल्लाबाट २८ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म प्रदेशबाट कोरोना संक्रमण मुक्त हुनेको संख्या सात सय २० जना पुगेको छ।
प्रतिक्रिया