मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमा समाधानका लागि भारतले वार्तामा वास्ता गरेन : प्रदीप ज्ञवाली

सीमा समाधानका लागि भारतले वार्तामा वास्ता गरेन : प्रदीप ज्ञवाली


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले सीमासम्बन्धी समस्या समाधानका लागि नेपालले भारतलाई आग्रह गरे पनि भारत वार्तामा बस्‍नै नचाहेको बताएका छन् । 

जारी नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले तीनपटक भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको जानकारी गराएका छन् । 

उनले सीमा समस्या वार्तामार्फत् समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको गुनासो गरे ।त्यसैगरी उनले चीनसँग नेपालको कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या आएमा संवादमार्फत् समाधान गरिने बताएका छन् । 

यस विषयमा बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयको अनधिकृत तथ्यांकलाई आधार बनाएर समाचार बनाएकोमा आपत्ति जनाउँदै नेपाल-चीनबीचका सीमा समस्या सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ । त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेको उल्लेख गरेको थियो । 

भारतले भने नेपालले सीमा समस्या समाधानका लागि तीनपटक प्रस्ताव गर्दा पनि जवाफ त दिएन नै उल्टै कोरोना महामारीकाबीच ८ मेमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेको थियो ।  कोरोना महामारीकैबीच चीनसँग वार्ता गरेको भारतले नेपालसँग भने कुनै चासो देखाएको छैन । – नेपाल समय