मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो

५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्।

योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ६९८ पुगेको छ। मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्म २ लाख ६ हजार २७१ जनाको कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार हाल देशभरका विभिन्न क्वारेन्टिनमा ७१ हजार १२ जना बसिरहेका छन्। त्यस्तै कोरोना पुष्टि भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ९ हजार ३० रहेको छ।