मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको कहरका बिच बयालपाटामा ४५ बढी हाडजोर्नीका सफल शल्यक्रिया भए

कोरोनाको कहरका बिच बयालपाटामा ४५ बढी हाडजोर्नीका सफल शल्यक्रिया भए


गीता कुँवर, अछाम ।

बाजुराको स्वामीकात्र्तिक खापर गाउँपालिका–२ साप्पाटाका दिर्घ बिकको असार ६ गते लडेर देब्रे हात भाँचियो । साप्पाटामा यातायातको सुबिधा पुगेको छैन । त्यसमाथी पनी कोरोनाले गर्दा झनै समस्या । हातको उपचारका लागी छोरालाई लिएर (बुवा) रनसुरी बिक एकदिन भरी हिडेर कोल्टि प्राथमिक केन्द्रमा पुगे । कोल्टिमा चिकित्सकले उपचार सम्भव छैन भने । त्यसपछि उनी ३३ सय गाडीभाडा तिरेर जिल्ला अस्पताल मार्तडी पुगे । मार्तडीमा पनी उपचार सम्भव नभएपछि उनी १८ सय गाडी भाडा तिरेर अछामका वयलपाटा अस्पताल आईपुगे ।

आर्थिक अवस्था कमजोर भएका रनसुरीको छोराको उपचारका लागी जिल्ला बाहिर लैजाने अवस्था थिएन । उनले भने ‘निकै दुख पाईयो, गाउँमा गाडी पुगेको छैन, अहिले त झन् कोरोनाको डरले गाडी बन्द नै छन्, क्रण निकालेर उपचारका लागी अछामसम्म पुग्नुपर्याे । ३ दिनपछि बयालपाटा अस्पतालमा छोराको उपचार भएपछि निराश भएका उनी खुशी भएका छन् ।

सफल शल्यक्रिया पश्चात

अस्पतालमा डाक्टर बिकास गौचनको टिमले दिर्घको हातको सफल शल्यक्रिया गरेको हो । शल्यक्रिया टिममा सिनियर एनेस्थेसिया सहायक महेन्द्र कुवँर, स्टाफ नर्स कञ्चन चौधरी, बिना चौधरी, सहायक लक्ष्मी बिक लगायतको सहभागिता थियो । ‘कुहिनाको छेउतिरको हड्डी नराम्रोसंग भाचियको रैछ डा. गौचनले भने’ उपचारका लागी निकै भौतारिनु भएको रहेछ । जिल्ला बाहिर उपचारका लागी १ लाख भन्दा बढी रकम खर्च हुन्छ । त्यो पनि धनगढी वा नेपालगञ्जमा लिनुपर्ने थियो । बयालपाटा अस्पताले हार्डजोर्नी सहित सबै सेवा निशुल्क गर्ने गरेको छ । हाडजोर्नीको उपचार सबै ठाउँमा सहजै उपलब्ध नहुदा स्थानीयले दुख पाउनु परेको छ । सापपाटाबाट हिडेर वयलपाटा आउन कम्तीमा ४ दिन लाग्छ । अहिलेको अवस्थामा धेरै बिरामी हिडेर नै आईपुग्छन् ।’

शल्यक्रिया हुनु पूर्व

२६ वर्षदेखि बायाँ खुट्टा भाँचिएर घरमै बसेका एकजना पुरुष समेत उपचार सम्भव भएको गौचनले बताए । धेरै ठाँउमा उपचार गराएर निको नभएर घरमै बसेका डोटीका गणेश बिकको २६ वर्षपछि शल्यक्रिया मार्फत खुट्टा निको भएको उनले बताए । आर्थिक अवस्था कमजोर बिकको उपचार हुन सकेको थिएन । हिडडुल गर्न नसक्ने उनी बेला बेलाको दुखाई सहनु र घरमै बस्नुको बिकल्प थिएन । बिकको बयलपाटा अस्पतालमा २ पटकको खुट्टाको सफल शल्यक्रिया भयो । अहिले उनी सहज तरिकाले हिडडुल गर्ने भएका डाक्टर गौचनले बताए । दुर्गमा हाड्जोर्नीको समस्या धेरै छ उनले भने सबैभन्दा बालबालिकामा, बर्षाेदेखि उपचार नपाएर अपाङ्ग नै हुनुपर्ने अवस्था छ । महामारीको यो अवस्थामा धेरैजसो ठाँउमा अस्पतालले हाडजोर्नीको उपचार गर्न मान्दैनन् । कोरोनाको सक्रमणका बेला दुर्गमबाट निकै दुख पाएर अस्पताल पुगेका हाडजोर्नीका ४५ जना बढीको सफल शल्यक्रिया गरेको डा. गौचनले बताए ।’

शल्यक्रिया गरिदैँ

बिशेषज्ञ डा. नभएको बेला आफ्नो अनुभव र सिकाईका आधारमा करिब ९० प्रतिशत जस्तो हार्डजोर्नीको शल्यक्रिया अस्पतालमा हुने गरेको डा. गौचनले थपे । अस्पतालले हाडजोर्नी सम्बन्धी सेवा बिशेषज्ञ मार्फत निशुल्क दिदै आएको छ । लकडाउन र कोरोनाको कहरका बिच पनी अस्पतालमा एमडिजीपिको टिम मार्फत नै ४५ वटा हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया भएको अस्पतालका स्वास्थ सेवा निर्देशक तथा एमडिजिपी डा. बिकास गौचनले बताए । डाक्टर मन्दीप पाठक भएको बेला उहाँले र अन्य समयमा कहिले आफु र कहिले डा. पवन अग्रवालले पनि हार्डजोर्नीको सेवा दिने गरेको बताए । अस्पतालले साइन प्रविधिबाट हड्डीको उपचार गर्दै आएको छ । शरिरको जुन भागको अलि लामो हड्डी भाँचिएको छ सो ठाउँमा रडको प्रयोग गर्ने प्रबिधिलाई साइन (Sign) प्रबिधि भनिन्छ । अमेरिकन हड्डी विशेषज्ञ डाक्टरहरुले एउटा संगठन बनाएर चन्दा संकलन मार्फत गुणस्तरिय रडहरु खरिद गरी बयलपाटा अस्पताल लगायत दुर्गमका अस्पताललाई उपलब्ध गराउदै आएको छ । जहाँ धेरै महंगो मेसिनको प्रयोग नगरि हड्डीको शल्यक्रिया गरिन्छ ।

हड्डीमा प्रयोग गरिउको रड

अछामको न्याय हेल्थ नेपाल द्धारा संचालित बयालपाटा अस्पतालमा हाडजोर्नी सम्बन्धी सेवा सुरु भएको ५ बर्ष भयो । यो अवधिमा ३ हजार भन्दा बढी बिरामीले शल्यक्रियाको मात्रै सेवा लिएका छन् । यस मध्ये पनी एक सय जना भन्दा बढीको साइन प्रबिधी मार्फत भाँचिएका हड्डीको उपचार भएको छ । बयालपाटा अस्पतालमा टर्मा केयरको अरु ठाँउको भन्दा फरक तरिकाको उपचार बिधि हुदैँ आएको डा. गौचनले बताए । ग्रामिण भेगमा बिशेषज्ञ डा. उपलब्ध नभएको खण्डमा एमडिजीपीको नेतृत्वमा सहभागी टिम मार्फत पनि हार्डजोर्नीको शल्यक्रिया सेवा प्रदान भईरहेको उने थपे । यो तरिकाले ग्रामिण भेगको लागि एक प्रकारको मोडेलका रुपमा बिकसित हुन सक्ने उनको दाबी छ ।