मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृ’त्यु

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृ’त्यु


काठमाडौं ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा करिब ३० वर्षीया रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । 

असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा लगेर जाँच गर्दा मृ’त्यु भएको पाइएको थियो । 

असार १२ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्क स्थापित गराउने काम भइरहेको जनाइएको छ । बिहीबार दुईजना कोरोना संक्रमितको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । 

हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या २७ पुगेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । – बाह्रखरी