चितवन- चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृ’त्यु भएको अस्तपाल स्रोतले जनाएको छ ।
उनि क्यान्सरका विरामी थिए । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।
हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुने संख्या २८ पुगेको छ भने चितवनमा मात्रै २ पुगेको छ । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृ’त्यु भएको थियो ।
प्रतिक्रिया