धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको हो।
सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४, स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार डोटीका सात जनाको स्थानीय तह खुलेको छैन् भने शिखरका ६ जनामा कोरोना पुष्टि भएको छ। ३० जना संक्रमित मध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन्।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार नौँ सय १६ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ६६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ९३, बैतडीमा एक सय ९०, अछामका एक सय १४, बाजुराका एक सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।
पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। – दिनेश खबर




















प्रतिक्रिया