सुर्खेत- कर्णाली प्रदेशमा आज एकै दिन २१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, डुङ्गेश्वर आइसोलेसन सेन्टरबाट ६३ जना र नारायण क्याम्पसको आइसोलेसनबाट ९ कोरोना संक्रमणमुक्त भएका छन्।
त्यस्तै सुर्खेतको सालकोट आइसोलेसन सेन्टरबाट ८ जना र रुकुम पश्चिमबाट एक जना गरी कुल २१४ जनाले कोरोना संक्रमणमुक्त भएका छन्।
योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ सय ३४ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
त्यस्तै आजै सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ६ मा दुई जना, वडा नं ८ मा एक जना र वडा नं. ९ मा चार जना गरी कुल सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ४४० पुगेको छ। – नेपाल समय
प्रतिक्रिया