मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १० जना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या १२४ पुग्यो

अछाममा १० जना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या १२४ पुग्यो


पवित्रा खड्का, अछाम ।

अछाममा कोरोना संक्रमितको संख्या एक सय २४ पुगेको छ । आज शनिबार १० जना थपिए संगै संक्रमितको संख्या १२४ पुगेको स्वास्थ्य कार्यालय अछाका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

जिल्लाको कमलबजारमा सबै भन्दा बढी ६ जना, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकामा २/२ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

कमलबजार नगरपालिकामा देखिएका सबै वडा न २ का रहेका छन् भने २१ बर्ष समुह देखि ५८ बर्ष उमेर समूहका रहेका छन् भने मेल्लेख गाउँपालिका वडा न ४ मा ८ बर्सिया बालक र २ बर्सिया बालिका रहेका छन्।

राष्ट्रिय प्रयोगशाला परिक्षण केन्द्र टेकुमा गरिएको परिक्षणका क्रममा साँफेबगर नगरपालिकाको वडा न ९ देखिएका २ जनामा ३ बर्सिया बालक र २८ बर्सिया पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार अछाम जिल्लामा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ । जसमा सबै भन्दा बढी मेल्लेख गाँउपालिकामा ६२ जना, चौरपाटी गाँउपालिकामा २२ जना, साँफेबगर नगरपालिकामा १० जना, मंगलसेन नगरपालिकामा १५ जना, बान्नीगढी जयगढ गाँउालिकामा ३ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै कमलबजार नगरपालिकामा ५ जना, रामारोशन गाँउपालिकामा २ जना, तुर्माखाँद गााउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल नगरपालिकामा एकएक जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ११ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । हालसम्मको तथ्यांक अनुसार जिल्ला बाहिर भने ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।