अछाम – अछामकी एक सुत्केरी महिलाले कारोना जितेकि छिन । हेलिकोप्टरबाट उद्दार गरेर नेपालगञ्ज पुगाईएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी हुन ।
आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पु¥याएपछि चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो । कोरोना भएपछिको दुईटा परीक्षणमा सङ्क्रमण नदेखिएपछि सोही अस्पतालको सामान्य वार्डमा सारिएको थियो।
भारतबाट आएर जेठ १६ गतेदेखि वडामा रहेको क्वारेन्टाइनमा पतिसँगै ती महिला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । क्वारेन्टाइनमै रहेको बेलामा पेटमा समस्या आएपछि आठ महिनाकी गर्भवती वयालपाटा अस्पताल ल्याइएको थियो ।
वयालपाटा अस्पतालका चिकित्सकले पेटमा रहेको आन्द्रा थुनिएको भन्दै थप उपचारका लागि सुविधायुक्त अस्पतालमा रिफर गरेका थिए । गर्भवती महिलाको उद्धारमा सरकारद्धारा परिचालन गरिएको हेलिकोप्टरबाट निःशुल्क रुपमा उनलाई नेपालगञ्ज पु¥याइएको थियो ।
प्रतिक्रिया