डोटी – जिल्लामा भिरबाट लडेर १ महिलाको मृ’त्यु भएको छ । मृ’त्युु हुनेमा जिल्लाको सायल गाउँपालिका – ५ कि १८ वर्षीया गिता बिक रहेकी छन् ।
बिक शनिबार विहान जंगलमा घाँस काट्न जाँदा चिप्लेर मृ’त्यु भएको स्थानीय तेज डुम्रेलले जानकारी दिए । बिकका श्रीमान भारतमा काम गर्दै आएका छन् ।
भारतबाट घर फर्केका उनका श्रीमान ४ दिन अगाडि मात्रै क्वारेन्टाइनबाट घर फर्किएका थिए । उनको १ वर्षका छोरा रहेका छन् ।
प्रतिक्रिया