मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफूलाई हटाउने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री

आफूलाई हटाउने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन षडयन्त्र भइरहेको बताएका छन्।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हटाउन खोज्ने चारतिर भए पनि आफूले तत्काल कुर्सी नछोड्ने बताएका हुन्।

उनले भने, “संविधानमा नक्सा छापेकै भरमा प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना नदेखे हुन्छ। यसमा कसैले हतार नगरे हुन्छ।”

“मलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने मन छैन, तर आजको लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि बसेको छु,” प्रधानमन्त्रीले अगाडि भने, “म हटे भने भोलि देशको पक्षमा कोही बोल्यो भने भोलिपल्टै हट्नुपर्नेछ।”

कुर्सीमा बसेरै मिचिएको भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।

उनले मदन भण्डारीको विचारले समाजलाई यहाँसम्म ल्याएको पनि बताए। नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, “जनताको शासन बनाउन मदन भण्डारी लड्नुभएको थियो, अहिले हामीले त्यो प्राप्त गरेका छौं।”

ओलीले मदन भण्डारीले समानता र लोकतन्त्रका लागि लडेको भन्दै उनको योगदानको प्रशंसा पनि गरे। – नेपाल समय