मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदिको किनारमा बास, बर्षेनी बाढीको त्रास

नदिको किनारमा बास, बर्षेनी बाढीको त्रास


गीता कुँवर, अछाम । बुढीगंगा नदि र छिपेखोलामा पानीको वहाव बढेसंगै साँफेबगर आसपासको क्षेत्र बाढीको जोखिममा परेको छ । शनिवार राती देखि लगातार परेको बर्षाका कारण नदि र खोलामा बाढी आएको छ । बाढीको बढी जोखिममा साँफेबगर नगरपालिकाको वडा नम्बर १ का एक सय,४ का करिब ५ सय र ७ का ८० घरपरिवार रहेका छन् ।

वर्षायामको समय सुरुवात भएसँगै बाढीको त्रासका कारण यहाँका स्थानीय बासिन्दाको निद्रा नै हराउने गर्छ । नगरपालिकाको वडा नम्बर ७ को ककडसातका ८० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष मिठ्ठु भाटले बताए । उनले भने बर्षाेयाम सुरु हुने बित्तिकै यहाँ स्थानीयहरुलाई भोक निद्रा हराउने गरेको छ, बर्षेनी लगाएको खेतीपाती बगाउछ, गतिलो तटबन्धन छैन, तटबन्धनका नाममा तारजाली मात्र हाल्ने काम मात्र हुन्छ त्यो तारजाली बर्षेनी बाढीले बगाएर लैजाने गर्छ ।’

मष्टामाण्डौका करिब ५ सय घरपरिवार मध्ये पुलबजारका ४० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता बालगीरि कुँवरले बताए । ज्यान जोखिममा राखेर दिनचर्या विताउदै आएको पुलबजार निवासी रत्ना देबि नेपालीले बताईन् । उनले भनिन् ‘२०३९ र २०६३ सालमा आएको बाढीले भएर भरको सबै सम्पत्ति बगायो, त्यसको लेखाजोखा केहि पनी छैन । असार, साउन र भदौ यि तिन महिनामा नदिको डरले राती राम्रोसग निन्द्रा नै पर्देन । राती पानी परेको दिन परिवारका सदस्यहरु पालै पालो जाग्राराम बस्छौ । हामीले काल पर्खेर बसे जस्तै भएको छ ।’ साना बालबच्चा छन्, बाढी आयो भने उनीलाई कसरी बचाउने चिन्ता लागिरहन्छ उनले भनिन् ।

बुढीगंगा र छिपे खोलामा दिगो तटबन्धको लागि कसैले पनी ध्यान नदिँदा बर्षेनी बाढीको समस्या भोग्नु परेकोे गुनासो स्थानीयको छ । नदिले तारेको कुनाबाट धार परिबर्तन गरेमा यहाँको सयौ बस्ती, बजार समेत बाढीको चपेटामा पर्ने स्थानीय रामबहादुर कुँवरले बताए । छिपेखोला र बुढीगंगामा दिगो तटबन्धनका लागी कसैले चिन्ता र चासो नदेखाएको उनको भनाई छ । नदिले बर्षेनी यहाँको खेतियोग्य जमिन कटान गर्दे गईरहेको छ । २०६३ सालमा आएको बाढीले साँफेबगर क्षेत्रको करिब ४० रोपनी भन्दा बढी खेती योग्य जमिन बगायो । सो क्षेत्र अहिले बगर बनेको छ । जथाभावी खोला र नदिमा उत्खनन् हुने गरेकाले पनी बाढीको जोखि बढेको छ । साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले बर्षा याममा जतिबेला पनि बाढी आउन सक्ने भएका कारण सबैले सचेत हुन आग्रह गरे । आईतवार बाढीको अनुगमन गर्दे मेयर कुँवरले पुलको पाँच सय मिटर तलमाथिको क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्दा पुललाई असर पर्ने भन्दै उत्खनन नगर्न अनुरोध गरे । उनले पुलको ५ सय मिटर तलमाथिबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गरे कारबाही गर्ने चेतावनी समेत दिए

साँफेबगर आसपासमा सबैभन्दा बढी भन्दा बढी क्षति छिपेखोलाले गर्ने गर्को छ । साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्ट लगायत सयौ घरहरु समेत जोखिममा रहेका छन् । उत्तरबाट बुढीगंगा नदि र पुर्बबाट छिपे खोलाका कारण साँफेको एयरपोर्ट बजार नै जोखिममा परेको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले गरेको सर्भे अनुसार पहिरोको जोखिम बढेको छ । यहाँका २० बस्ती पहिरोको जोखिममा छन् । ६१ भन्दा बढी बस्तीलाई प्रभावित क्षेत्रका रूपमा राखिएको छ । सो योजना अनुसार १७ हजार ४ सय ७६ घरधुरी प्रभावित सूचीमा छन् । त्यस्तै, जिल्लाका ६७ विद्यालय, १५ स्वास्थ्य संस्था, १ सय ३२ खानेपानीका धारा, ४८ कुलो, २१ पानीघट्ट र १४ लघु जलविद्युत् आयोजना पहिरोको उच्च जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख छ ।