मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीलाई हटाउने उचित बेलाचाहिँ कहिले ? – बाबुराम भट्टराई

प्रधानमन्त्री ओलीलाई हटाउने उचित बेलाचाहिँ कहिले ? – बाबुराम भट्टराई


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई उनकै पार्टी नेकपा बाहेक कसैले हटाउन नसक्ने बताएका छन्।

आइतबार साँझ ट्विट गर्दै भट्टराईले भनेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।’

नेता भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिने सही समय कुन हो भन्ने प्रश्नसमेत गरेका छन्। ‘अहिले हटाए नक्सा छापेको कारणले हुने ! भोलि सलहले दुःख दिएको बेला हुने !

पछि बाढीपैरो आएको बेला हुने ! अलिपछि दशैंतिहारको बेला हुने ! अनि जाडोको बेला हुने ! उचित बेला चैं कैले रच हँ ?’ – नेपाल समय