मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्वमा कोरोना : मृ’त्यु हुनेको संख्या ५ लाख नाघ्यो

बिश्वमा कोरोना : मृ’त्यु हुनेको संख्या ५ लाख नाघ्यो


एजेन्सी – विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्या’न गुमाउनेको संख्या ५ लाख नाघेको छ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार यस महामारीको चपेटामा परेर आज (सोमबार) बिहानसम्ममा ५ लाख १०८ जनाको मृ’त्यु भएको छ।

सबैभन्दा बढी मृ’त्यु अमेरिकामा भएको छ। त्यहाँ कोरोनाबाट म’र्नेको संख्या १ लाख २५ हजार नाघेको छ।

यसैगरी ब्राजिलमा ५७ हजार, बेलायतमा ४३ हजार, इटालीमा २९ हजार र फ्रान्समा २८ हजारभन्दा बढीको मृ’त्यु भएको छ।

संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिकी देशहरु तथा केही एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ।