मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. तिमीलाइ मैले गलत साबित गर्न खोजेको होइन, तिम्रो शुभचिन्तकको नाताले गल्ती सुधार्न खोजेको मात्र हु ।
२. खुशी नै छु जिन्दगी देखि किनकी तिम्रा लागि आजभोलि आशु त बगाउनु परेको छैन मैले ।
३. घमण्ड नगर मलाइ बिर्से भनेर, अझैपनि मेरो याद आउदोरैछ र त मेरो पोस्टहरु मा लाइक अनि कमेन्ट गरिरहन्छौ ।
४. याद त तिनीहरु लाइ गरिन्छ जो आफ्ना खास हुन्छन दिलको पास हुन्छन ।
५. जिन्दगी तिम्रो हो जे ठिक लाग्छ त्यही गर बस तिम्रो आखामा आशु देख्न नपरोस मलाइ ।
६. तस्वीर जस्तै जिन्दगी पनि बदल्न सक्ने भए सायद मान्छेहरु कहिल्यै दुखी हुने थिएनन होला ।
७. बिना कारण रिसाउनेलाई फकादिन, गए जाउ दुइदिनको लागि माया देखाउदिन ।
८. अरुलाइ गलत भन्नू भन्दा पहिला आफ्नो गल्ती सुधार्नुस अनि मात्र अरुलाइ उपदेश दिनु राम्रो ।
९. पीडा जति भएपनि हास्नु बाध्यता हो दुनियाँको अगाडि रुन पनि सकिदैन ।
१०. दुखी हुनु जरुरी छैन कसैले तिम्रो दिल दुखायो भने भोलि त्यो दिन पनि अबस्य आउछ तिम्रो दिल दुखाउने अझै दुखी हुनेछ ।
प्रतिक्रिया