काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृ’त्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृ’त्यु भएको थियो ।
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए ।
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृ’त्यु भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रतिक्रिया