फाईल फोटो
धनगढी : कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृ’त्यु भएको छ भने तीन जना घाईते भएका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्वर १ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको भे ६ प २५२० नम्वरको मोटरसाईकलले र सोही दिशा तर्फ गईरहेको दुई जना सवार साईकललाई ठ’क्कर दिदा एक बालकको मृ’त्यु भएको हो।
साईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर २ का ३० बर्षीय रमेश परियारका ५ बर्षीय छोरा हिमान्शुको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। दुर्घटनामा परी ग’म्भिर घाइ’ते भएका परियारको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।
उनका अनुसार मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ८ का २५ बर्षीय सुरेश चौधरी, मोटरसाईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २६ बर्षीय जयदेव चौधरी र मृ’तक बालकका बुवा समेत रहेका साईकल चालक बर्दगोरीया गाउँपालिका वडा नम्वर १ बस्ने रमेश परियार घा’ईते भएका छन्।
उनीहरुमध्ये मोटरसाईकल चालकको अवस्था ग’म्भिर रहेको र घा’ईते तीन जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिए। – दिनेश खबर
प्रतिक्रिया