मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा हाल सम्मकै बढी ६५ जनामा कोरोना पुष्टि

अछाममा हाल सम्मकै बढी ६५ जनामा कोरोना पुष्टि


अछाम – जिल्लामा हाल सम्म्कै सबैभन्दा बढी ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साँफेबगर नगरपालिकाका विभिन्न वडामा गरि ४७ पुरुष र १८ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

५ दिन सम्म संक्रमण नदेखिएको जिल्ला एकैपटक बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

जसमा १ जना स्वास्थ्यकर्मी पनि रहेका छन् । संक्रमित मध्ये केहीको बयालपटा अस्पतालमा स्वाब संकलन गरि सेती प्रयोगशाला धनगढीमा परिक्षणको लागि पठाइएको थियो ।

यस अघि जिल्लामा १२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जिल्लामा जम्मा संक्रमितको संख्या १८९ पुगेको छ।