मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचारको क्रममा मृ’त्यु भएका अछामका एकजनामा कोरोना पुष्टी

उपचारको क्रममा मृ’त्यु भएका अछामका एकजनामा कोरोना पुष्टी


अछाम – जिल्लाको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका–५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ।

जेठ २७ गते भारतबाट गौरीफन्टा नाका हुँदै अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो। जनस्वास्थ्य अधिकृत झनक राज ढुङ्गानाले मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

गाउँकै कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका उनको पाँच दिनपछि उनको मृत्यु भएको थियो।

असार १३ गते राति अचानक श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याइएको थियो।

उनको शव दुई जना कुरुवाले गाउँकै खोला नजिक गाडेका थिए। शव गाड्न संलग्न भएकाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ।