मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा जनप्रतिनिधिलाई पनि देखियो कोरोना

अछाममा जनप्रतिनिधिलाई पनि देखियो कोरोना


अछाम । जिल्लामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।

साँफेबगर नगरपालिकाका वडा नं.११ देविस्थानका वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा १ सय २४ जनाको स्वाँव परिक्षणमा ४८ वर्षका वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो ।

निरन्तर रुपमा डेढ महिना देखि भारतबाट आएका व्यक्तिको सेवा खटिएका वडा अध्यक्षलाई कोरेना पुष्टि भएको हो । वडा अध्यक्षले आफूलाई कोरोना पुष्टि भएको स्विकार गरेका छन् ।

उनि अहिले वडाको क्वारेन्टाईनमा बसिरहेका छन् भने उनि केहि दिन अघि नगरपालिकाको नगर सभामा सहभागि भएका थिए।

उनीमा संक्रमण देखिएपछि नगर सभामा सहभागि अन्य व्यक्तिको पनि स्वाँव संकलन गर्ने तयारी भईरहेको छ ।