मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा स्वास्थ्यकर्मीलाई पहिलो पटक कोरोनाको संक्रमण

अछाममा स्वास्थ्यकर्मीलाई पहिलो पटक कोरोनाको संक्रमण


अछाम – जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मी समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।साँफेबगर क्षेत्रमा स्वाव संकलन कार्यमा खटीएका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भएको हो।

मंगलबार प्राप्त रिपोर्ट अनुसार स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

यस्तै बयालपाटा अस्पतालमा मृ’त्यु भएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा जेठ १४ गते बयालपटा अस्पतालमा मृ’त्यु भएको थियो ।

यसैगरी मंगलबार नै अछाम जिल्लामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाको साँफेबगर नगरपालिकाका विभिन्न वडामा गरि ४७ पुरुष र १८ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।