मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन


काठमाडौं । निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको छ ।

झापा निवासी सन्ध्या तिवारीले नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ भनी निवेदन दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसँग यसबारेमा सरकारलाई के जानकारी छ ? भन्दै केही सदस्यहरुले जवाफ माग गरेका थिए ।

प्रधानमन्त्रीले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको जवाफ दिएका थिए । “प्रधानमन्त्रीले मेरो पार्टी नेकपा हो, मलाई त्यसबारेमा केही जानकारी छैन भन्नुभयो,” स्थायी कमिटी सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पत्रकारहरुसँग भने ।

मंगलबारको बैठकमा प्रधानमन्त्रीले सरकार ढलाउन लागेको भनी दिएको अभिव्यक्ति र नेकपा एमाले दल दर्ताका विषयमा छलफल भएको थियो । –