अछाम – जिल्ला समन्वय समिति अछामले यहाँका १० वटै स्थानीय तहमा मास्क र सेनिटाइजर वितरण गरेको छ ।
जिल्लामा समन्वय समितिका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा क्षेत्रमा नम्बर १ का पाँच वटा स्थानीय तह र उपप्रमुख टोपबहादुर रावलको नेतृत्वमा क्षेत्र नम्बर २ का पाँच वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
बुधबार मंगलसेन नगरपालिकामा उपप्रमुख सरिता उपाध्यायलाई सामाग्री हस्तान्तरण गर्दै जिसस सदस्य शिव तिरुवाले थोरै स्रोत साधनका बाबजुद सामग्री वितरण गरिएको बताए ।
स्वास्थ्य सामाग्री वितरणमा मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया