धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ पुरुष गरी १८ जना, बाजुराका दुई महिला र पाँच पुरुष गरी सात जना, कैलालीका चार महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
उनका अनुसार विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका सात महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका दुई महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जनामा कोरोना पुष्टि भएको छ।
यता धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्पर ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार सात सय बढि पुगेको छ।
प्रतिक्रिया